कर्णालीको उपल्लो डोल्पालाई चीनसँग जोड्ने दुई नाका बन्द भएको चार–पाँच वर्ष भएको छ । कोभिड महामारी सुरु भएपछि चीनले बन्द गरेका क्याटो र मरिम नाका अझै खुलेका छैनन् । यी दुई नाकामा सदियौंदेखि व्यापारिक मेला लाग्दै आएको थियो । उपल्लो डोल्पाका बासिन्दाले व्यापारिक मेलाबाट आफूलाई आवश्यक पर्ने सामान खरिद गरी घरखर्च चलाउँदै आएका थिए । […]