फिलिपिन्समा ८५ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त, १५ जनाको उद्धार

फिलिपिन्सको दक्षिणी भागमा कम्तीमा ८५ जना चढेको एक सैन्य विमान दुर्घटनाग्रस्त भएको त्यहाँका वायुसेना प्रमुखले जानकारी दिएका छन् ।  सी–१३० विमानको जलिरहेको अवशेषबाट अहिलेसम्म १५ जनाको उद्धार गरिएको छ । सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्न खोज्दा विमान दुर्घटनाग्रस्त भएको जनरल सिरिलितो सोबेजानाले एएफपी समाचार संस्थालाई बताए ।  ‘उद्धारकहरू घटनास्थलमा पुगेका छन् । थप ज्यान जोगाउन सकिन्छ कि भनी हामी ईश्वरसँग प्रार्थना गरिरहेका छौं,’ सोबेजानाले बताए ।  विमानका अधिकांश यात्रुहरूले हालै मा...

सम्बन्धित सामग्री

फिलिपिन्समा सैन्य विमान दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु, ४० घाइते

फिलिपिन्सको दक्षिणी भेगमा आइतबार सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएको त्यहाँका रक्षामन्त्रीले जानकारी दिएका छन् । राजधानी मनिलाबाट करिब १ हजार किलोमिटर दक्षिणमा रहेको जोलो टापुमा अवतरण गर्ने क्रममा धावनमार्ग छुटेपछि विमान दुर्घटनाग्रस्त बनेको हो ।जनरल सिरिलिटो सोबेजानाले पत्रकारहरूलाई दुर्घटनाग्रस्त सी–१३० विमानबाट ४० जनाको उद्धार गरिएको जानकारी दिएका छन् । ‘उद्धारकर्मीहरू घटनास्थलमा पुगिसकेका छन् । हामी थपको ज्यान बचाउन सकियोस् भनेर प्रार्थ