मछिन्द्र च्याम्पियन बन्दा रेलिगेसन व्याटल रोमाञ्चक

६ फागुन, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगले ११औं चरणमै विजेता पाएको छ । दुई खेल अगावै मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गर्नु यो चरणको मुख्य विशेषता रह्यो । तर, रेलिगेसन व्याटल भने अझ रोमाञ्चक बनेको छ । ८ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दीमाथि प्रभावशाली जित हात पारेपछि विभागीय टोली एपीएफले रेलिगेसनको खतरा टारेको छ […]