रुस र युक्रेनले कृष्ण सागरमा रहेको युक्रेनी बन्दरगाहबाट खाद्यान्न निर्यात पुनः सुचारु गर्ने विषयमा सम्झौता गरेका छन् । दुई युद्धरत पक्षधरका प्रतिनिधिहरु यस विषयमा छलफलको लागि टर्कीको इस्तानबुल पुगेका थिए । त्यहाँ उनीहरुले सहमतिमा अलग अलग रुपमा हस्ताक्षर गरे । उनीहरु एउटै टेबलमा बसेनन् । न त सम्झौता सम्पन्न भएपछि हात मिलाउने कार्यक्रम नै भयो । युद्ध मोर्चामा लडिरहेका मुलुकका प्रतिनिधि भएकाले यस्तो कदम उठाइएको बुझिएको छ । दुई पक्षीहरूबीच कायम गहिरो शत्रुता र अविश्वासलाई देखाउने संक