काठमाडौँ – असोज १३ गतेदेखि आरम्भ भएको पितृपक्ष आजबाट समाप्त भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईका अनुसार आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले यसबीचको समयलाई सोह्रश्राद्ध अर्थात् पितृपक्ष भनिएको हो। चाडपर्व, यज्ञ तथा ठूला काम गर्नुअघि पितृलाई श्रद्धाभक्तिका साथ सम्झिने […]