पूर्वपश्चिम राजमार्गको नवलपरासी बर्दघाट खण्ड डुबानमा

मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नवलपरासी बर्दघाटमा बाढीले सडक डुबाउँदा यातायातका साधनहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण पश्चिम नवलरासीको पूर्वपश्चिम राजमार्गको विभिन्न स्थानमा सडक पूर्णरुपमा डुबानमा परेको छ भने हजारौं हुक्टेयर खेतियुक्त जमिन डुबानमा परेको छ । मंगलबार साँझदेखि बुधबार विहानसम्म परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गको अनेक स्थानमा राजमार्ग डुबानमा परे पछि पूर्वपश्चिम यात्रा गर्ने सवारीका साधनहरु अत्यन्तै जोखिमपूर्ण अवस्थामा यात्रा गरी रहेको बर्दघाट नगरपालिकाका स्थानियवासी प्रकाश विप्लवीले बताउनु भएको छ । दुई दिनसम्म परेको अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्गको वर्दघाट स्थित चिसापानी, लण्डनबृज, मौराटाडी, सुनवल नगरपालिकाको सुनवल वजार क्षेत्रमा ब्यापक ढुबानले समस्या बनाएको छ । बाढीले पूर्वपश्चिम राजमार्ग पुर्ण रुपका डुबान भए पछि सडकमा पानीमा डब्दैँ गाडीहरु जोखिमपर्ण यात्रा गर्न बाध्य भएका छन ।

सम्बन्धित सामग्री

भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा - Nepal Japan

भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण नवलपरासी बर्दघाट, जिल्लाको सुस्ता गाउँपालिका–५ नराय

कसरी पर्‍यो सुस्ता डुबानमा ?

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)- भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुबानमा पर्दै आएको छ । नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासीले बर्खामा बाढीको चपेटा खेप्नु परेको हो । भारतले नेपालीलाई दुःख दिनकै लागि आफ्नो क्षेत्रमा तटबन्ध नबनाएको सुस्ता ...

तटबन्ध नगर्दा सुस्ता डुबानमा

१८ असोज, नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुबानमा पर्दै आएको छ । नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासीले बर्खामा बाढीको …

पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला

नवलपुर (नवलपरासी) । नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध -ब्यारेज)का सबै ढोका खोलिएका हुन् । गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा विनयी त्रिवेणी–१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क तथा […]

नारायणीको बाढी बस्तीमा पस्यो, एक सय घर डुबानमा

नवलपरासी- नारायणी नदीको बाढी बस्तीमा पसेको छ । अविरल वर्षापछि आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–२ को बस्तीमा पसेको हो ।  बाढीका कारण गैँडाकोट–२ बोटेटोलका करिब एक सय घर डुबानमा परेका वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए । यहाँका करिब चार सय जना प्रभावित भएपछि सुरक्षित स्था...

नारायणीको बाढी बस्तीमा पस्यो, एक सय घर डुबानमा

नवलपरासी- नारायणी नदीको बाढी बस्तीमा पसेको छ । अविरल वर्षापछि आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–२ को बस्तीमा पसेको हो ।  बाढीका कारण गैँडाकोट–२ बोटेटोलका करिब एक सय घर डुबानमा परेका वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए । यहाँका करिब चार सय जना प्रभावित भएपछि सुरक्षित स्था...

घर डुबानमा परेपछि स्थानीयवासीद्वारा गैँडाकोट नगरपालिकामा तालाबन्दी

भदौ १४, नवलपुर । स्थानीयवासीले गैँडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बुधवार रातिदेखि परेको बर्सातले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको जनाउँदै उनीहरुले आइतवार तालाबन्दी गरिदिएका हुन् । अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट–४ मा २०० भन्दा बढी घर डुबानमा परेको थियो ।  नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेर स्थानीयवासीले स्थानीय सरकारले जनतालाई डुबानबाट मुक्ति दिन नसकेको जनाउँदै पानीको निकास दिन आफूहरुले नै काम गर्ने बताएका छन् ।  गैँडाकोट–४ का तीर्थ पौडेलले निरन्तर परेको पानीका कारण घर डुबानमा परेपछि घरमा खान, बस्न, सुत्न समस्या हुँदा समेत स्थानीय सरकारले चासो नदिएको गुनासो गरे । अव्यवस्थितरुपमा बस्ती बसाइएको र पानीको निकास नगरिँदा आफ्नो घर तथा पसल डुबानमा परेको उनले बताए ।  पूर्वपश्चिम राजमार्गसँगै जोडिएको राजमार्गको उत्तरतर्फ पर्ने गैँडाकोट–४ मा घर तथा पसल डुबानमा परेका हुन् । उनका अनुसार डुबानका कारण  स्थानीयवासीका लाखौँ रुपैयाँ बराबर नोक्सान भएको छ । आफूहरुलाई बर्खे पानीको निकास चाहिएको रे जनप्रतिनिधिले निकासमा वास्ता नगरेपछि बाध्य भएर तालाबन्दी गरिएको उनले बताए । पानी निकासका लागि नगरपालिकाले वडा कार्यालयलाई देखाउने वडा कार्यालयले नसक्ने भनेपछि स्थानीय रुष्ट भएका स्थानीयवासी अमिन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार अधिकांश एक तले घर डुबानमा परेपछि खाना बस्नका साथै शौचालय जान पनि नसकिने अवस्था रहेको छ । यस क्षेत्रमा बर्खाको बेलामा प्रत्येक वर्ष एउटै समस्या दोहोरिने गरेको भए पनि यसको दीर्घकालीन समाधान भने हुन नसकेको उनको गुनासो छ ।  गैँडाकोट–४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले वडाले मात्रै निकास दिन नसक्ने भएकाले सबैको समन्वयमा मात्र काम गर्न सकिने स्पष्ट पारे । नगरप्रमुख छत्रराज पौडेलले सो स्थानमा बर्सेनि समस्या दोहोरिने गरेको र अस्थायी रुपमा भए पनि पानीको निकास गरिने बताए । ‘जेसिभी लगेर नाला निर्माण गरेर अस्थायी रुपमै भए पनि पानीको निकास गर्नेछौँ’, उनले भने, ‘यो ठाउँमा सडक विस्तारको काम भइरहेकाले पनि पानीको उचितरुपमा निकास गर्न सकेका छैनौँ ।’  जेसिभीलगायतका उपकरणको प्रयोग गरी नगरभित्र जमेको पानीलाई नारायणी नदीतर्फ निकास गर्ने काम तुरुन्त शुरु गरिहाल्ने नगर प्रमुखपौडेलले बताए । अस्थायीरुपमै भए पनि जमेको पानी हटाउनतर्फ नगरपालिकाको पहल रहने उनको भनाइ छ । रासस

बाढीले नवलपुर हुप्सेकोटका १५० घर डुबानमा

२४ असार, नवलपुर । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाका १५० भन्दा बढी घर डुबानमा परेका छन् । वडा नं ३ बेलहानीको रजाली टोलबाट बुद्ध चोकसम्मका सबै घरभित्र पानी पसेको …

हुप्सेकोटका १५० घर डुबानमा

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाका १५० भन्दा बढी घर डुबानमा परेका छन् ।  वडा नं ३ बेलहानीको रजाली टोलबाट बुद्ध चोकसम्मका सबै घरभित्र पानी पसेको छ । सोही वडाकै कोलियाका केही टोलमा समेत पानी पसेको छ । स्थानीय बासिन्दाको घर गोठको भूइँतलामा पानी पसे पनि धेरै क्षति हुन भने नपाएको हुप्सेकोट–३ का वडाध्यक्ष छविलाल मिथुनले जानकारी दिए ।यस्तै वडा नम्बर नं ३ बेलहानी र गिरुबारीबीच भागबाट गिरूवारी खोला पसेको छ । विसं