निर्धारित समयमा सुरु भएन बागमतीको प्रदेशसभा बैठक

हेटौंडा : आज दिउँसो १ बजे बस्ने भनिएको बागमती प्रदेशसभा बैठक २ बजेर १५ मिनेट बित्दासम्म पनि सुरु भएको छैन। प्रतिपक्ष दलहरूको बैठकका कारण प्रदेशसभा बैठक निर्धारित समयमा सुरु हुन नसकेको हो।सरकारको काम र संसदमा प्रतिपक्षी दलको भूमिका लगायतको विषयमा प्रदेशसभाको प्रतिपक्षी दलको बैठक भर्खर सुरु भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी एमाले, विवेकशील, राप्रपा र नेमकिपाका प्रदेशसभा सदस्‍यहरू छन्।गत कात्तिक २२ गते प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विश्वासको मत लिएर स्थगित भएको प्रदेश

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित, सुरु भएन बजेटमाथिको छलफल

बजेटलाई लिएर सत्तापक्षीय दलभित्रै चर्को असन्तुष्टि देखिएपछि संसद बैठक नै बसेको छैन । असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था भए पनि बजेट ल्याएको चौथो साता बित्दा पनि छलफल सुरु हुन नसकेको हो ।

अझै सुरु भएन बागमती प्रदेशसभा बैठक

बागमती प्रदेशको प्रदेशसभा बैठक अझै सुरु हुन सकेको छैन । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक आज दिउँसो १ बजे बस्ने भनिएपनि बैठक अझै सुरु हुन नसकेको हो । लगातारको सरकार परिवर्तनका कारण गत कात्तिक २२ गते प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको विश्वासको मतका लागि बैठक बसेको थियो । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि भने प्रदेशसभा बैठक बस्न सकेको थिएन ।उता, प्रदेशसभामा पहिलो पटक प्रमुख प्रतिपक्षी दल बनेको नेकपा एमालेले मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्नुभएको मन्त्रिपरिषद विस्तारको

एमालेको झगडाले कर्णाली संसद् ठप्प, बजेट प्रस्तुत भएको ९ दिनसम्म छलफल सुरु भएन

नेकपा एमालेभित्रको झगडाले कर्णाली प्रदेशसभा बैठक ९ दिनदेखि बस्न सकेको छैन । पदमुक्तपछि मन्त्री भएका तीन जना सांसदले मन्त्रीबाट राजीनामा दिनुपर्ने वा मुख्यमन्त्रीले उनीहरूलाई पदबाट हटाउनुपर्ने प्रमुख प्रतिपक्षी एमालेको माग छ ।