हिन्दू परम्पराका दुई पर्व मंगलबार एकै दिन मनाइँदैछन् । नेपाली नारीको महान् पर्व तीज र मधेसको प्राचीन मिथिला क्षेत्रमा मनाइने चौरचन (चौठी चाँन) पर्व मंगलबार एकैदिन परेको हो । भाद्र शुक्ल त्रितीयाका दिन गरिने तीज व्रत र चौथीका दिनको चन्द्र दर्शनको चौरचन पर्व आज (मंगलबार) एकै दिन परेको छ । त्रितीया तिथिमा एक अहोरात्र गरिने तीज पर्व र चौथी तिथिको चन्द्रदर्शन तिथिको भोग घटबढले आज एकै दिन परेको कर्मकाण्डका ज्ञाताले बताएका छन् । तीज पर्व मनाउने नारी सोमबार गए राति ‘दर’ खाएपछि व्रतमा छ