सत्ता समीकरणमा तटस्थ बसेर केपी ओलीलाई सहयोग पु¥याएका जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुर आज सबभन्दा बढी सक्रिय देखिए । बिहानदेखि विभिन्न वार्ता र छलफल गर्दै विपक्षी गठबन्धनलाई असफल बनाएपछि उनी भारतीय दूतावास पुगे र त्यहाँबाट फर्किएर बालुवाटारमा केपी ओलीलाई अग्रिम बधाई दिन पुगे ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरी आफ्ना सांसदलाई भक्तपुरको एउटा ठूलो रिसोर्टमा राखेर ठाकुर दिउँसो लैनचौरस्थित भारतीय दूतावास छिरेका थिए । दूतावासमा दुई घण्टा लामो संवादपछि उनी प्रधानमन