पाली कांग्रेसका नेता डा शशांक कोइराला चुनाव प्रचारप्रसारका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र नवलपरासी (सुस्ता–बर्दघाट पूर्व)क्षेत्र नं १ बाट उम्मेदवार रहेका उनलाई रिङ्गटा लागेपछि अस्पताल भर्ना भएका हुन् । उनको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ ।