६ वैशाख, काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौंका सबै भाग र ग्राहकलाई समानुपातिक ढंगले वितरण गर्नुपर्ने बताएका छन् । उनले ११ वैशाखदेखि काठमाडौं उपत्यकाका १० पानी ट्यांकी (पोखरी)बाट समानुपातिक ढंगले खानेपानी वितरणको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिए । मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्रमा कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै उनले अब वितरण कुनै कारण […]