काठमाडौं । कोभिड आईसीयू वार्डमा कार्यरत निर्मला शर्मा (नाम परिवर्तन)लाई हिजोआज आफ्नो परिवारमा कोरोना संक्रमण सार्ने मुल स्रोत आफै बन्ने त होइन भन्ने चिन्ताले सताउँछ । लामो समयदेखि वीर अस्पतलमा कोभिड–१९ संक्रमित बिरामीको हेरचाहमा संलग्न शर्मा पनौतीस्थित घरबाटै अस्पताल आउजाउ गर्छिन् ।अस्पतालमा कोभिडका बिरामी बढ्न थालेपछि आफू धेरै त्रसित भएको उनले सुनाइन् । त्रसित हुनुको मुल कारण हो– अस्पतालबाट घरमा सिधै जाने–आउने गर्नुपर्ने बाध्यता ।जतिसुकै सावधानी अपनाए पनि ६ वर्षीय छोरा काखमा ल