अपीहिमाल गाउँपालिका–४ खण्डेश्वरीस्थित ठूलढुंगी खोलामा लगाइएको पुल बाढीले बगाउँदा आवतजावतमा समस्या आएको छ । मंगलबार रातिदेखिको वर्षाका कारण बाढी आउँदा खण्डेश्वरीको मरखोला र भट्टार गाउँ जोड्ने आरसीसी पुल बगाउँदा विद्यार्थीलाई विद्यालय आवतजावतमा समस्या भएको स्थानीयले बताए ।
झापा : अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ । झापाको भद्रपुर नगरपालिका–१० स्थित भित्री सडकखण्डमा रहेको चैतुवारी–चैतुपारी जोड्ने करिब १२ मिटरको सेती पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै अविरल वर्षाका कारण गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारीस्थित हुलाकी राजमार्गअन्तर्गत बनियानी खोलामा रहेको पक्की पुलको […]
काठमाडौँ– मङ्गलबार राति परेको वर्षाले मर्स्याङ्दी नदीमा बाढी आउँदा तनहुँ र गोरखा जोड्ने पुल बगाएको छ । तनहुँको भानु नगरपालिका–३ तुरतुरे र गोरखाको पालुङटार जोड्ने बेलिब्रिज मर्स्याङ्दी नदीले बगाएको हो । व्यास नगरपालिकास्थित छाब्दीदोभानमा जडानका लागि ल्याउन लागिएको बेलिब्रिज बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उक्त बेलिब्रिज […]
मङ्गलबार राति परेको वर्षाले मर्स्याङ्दी नदीमा बाढी आउँदा तनहुँ र गोरखा जोड्ने पुल बगाएको छ । तनहुँको भानु नगरपालिका–३ तुरतुरे र गोरखाको पालुङटार जोड्ने बेलिब्रिज मर्स्याङ्दी नदीले बगाएको हो । व्यास नगरपालिकास्थित छाब्दी दोभानमा जडानका लागि ल्याउन लागिएको बेलिब्रिज बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उक्त बेलिब्रिज व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलामा जडानका लागि ल्याउने तयारी भइरहेको थियो । “उक्त पुल फु
लगातारको वर्षाको कारण पूर्वी चितवनको लदरी खोलाको पुल बाढीले बगाएको छ । लदरी खोलामा आएको बाढीले चितवनको खैरहनी नगरपालिकामा पर्ने पक्की पुल भाँचिएर बगाएकाे हो ।
पुल भाँचिएपछि सवारी आवागमन पूर्णरुपमा...
न्युज अफ नेपाल, मनाङ । हिमाली जिल्ला मनाङमा आएको बाढीले अस काठको पुल बगाएको छ। बिहीबार दिउँसो वर्षासँगै आएको बाढीले पुल बगाउँदा बेशीशहर–चामे सडक खण्डअन्तर्गत चामे गाउँपालिका – १ तिमाङखोला र स्यार्कुखोलाको काठेपुल बगाएको हो। पुल बगाउँदा अत्यावश्यक सवारीसाधन अलपत्र परेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। प्रजिअ लामिछानेका अनुसार तिमाङखोलाको अस्थायी काठे […]
मुस्ताङ । लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले कागबेनी–तिरी जोड्ने पुल बगाएको छ ।
बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएको हो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अनुसार दुई वर्षअघि सांंसद ...