काठमाडौंमा नेपाल भाषा पढाउन १७२ शिक्षक तयार

काठमाडौँ महानगरपालिकाले विद्यालयस्तरमा नेपाल भाषा अध्यापन गराउन १७२ प्रशिक्षकसँग सेवा करार सम्झौता गरेको छ।

सम्बन्धित सामग्री

स्थानीय भाषा पढाउन महानगरले पठायो ५० वर्षभन्दा माथिका शिक्षक

१० कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक सेवा आयोग नियमावली, २०५७ विपरीत भाषा शिक्षक राखेको पाइएको छ । महानगरपालिकाले शैक्षिक सत्र २०७७ देखि आधारभूत तहमा अनिवार्य गरेको नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाउने शिक्षकको नियुक्ति नियमावली विपरीत गरेको हो । महानगरले नेपाल भाषा पढाउने अधिकांश शिक्षक ५० वर्षभन्दा माथि उमेर भएका शिक्षक पठाएको विद्यालयहरुको भनाई छ […]

नेपाल भाषा पठनपाठनका लागि तयार भए शिक्षक

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्यालयस्तरमा नेपाल भाषा अध्यापन गराउन १७२ प्रशिक्षकसँग सेवा करार सम्झौता गरेको छ । जम्मा ५१६ आवेदकमध्ये छनोट भएर पूर्व सेवाकालीन तालिम लिएका सहायक प्रशिक्षकसँग महानगरले एक वर्षका लागि सम्झौता गरेको हो ।अहिले सम्झौता गरिएका सबै शिक्षकलाई आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन सामुदायिक विद्यालयमा खटाइने बताइएको छ । संवैधानिक […]

नेपाल भाषा पठनपाठनका लागि प्रशिक्षण

काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको रुपमा छनोट गरेको नेपालभाषा पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण शुरुआत गरेको छ । यसका लागि कामपाले आफू मातहत रहेका विद्यालयमा १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरिसकेको छ । अब ती सबै शिक्षकलाई प्रशिक्षण दिएर कक्षामा पठाउने कामपाको तयारी छ । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरुपमा १०० नम्बरको एक विषय स्थानीय तहले अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुरुप कामपाले नेपाल भाषालाई छनोट गरेको हो ।

नेपाल भाषा पठनपाठनका लागि १७२ शिक्षक नियुक्त गर्ने तयारी

काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक  नियुक्ति गर्ने तयारी गरेको छ ।संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुरुप कामपाले स्थानीय भाषा पठनपाठनका लागि नयाँ शिक्षक राख्ने तयारी थालेको हो...