ओलीलाई संकेत गर्दै नेपालले भने- फर्किएर प्रधानमन्त्री हुन्छु कि भनेर जालझेल नहोस्

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै संविधानमाथि जालझेल नगर्न भनेका छन् ।  शनिवार काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित अखिल फोर्सको बृहत् भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘फेरि फर्केर प्रधानमन्त्री हुन्छु कि भनेर कसैले जालझेल नगरोस् । सबै काम पारदर्शी रुपमा हुनुपर्छ ।’ घमण्डले मान्छेलाई सिध्याउने उदाहरण दिँदै नेपालले राम्रो अनुभवबाट सिक्नुपर्ने बताए ।  संसद् विघटनलाई जोगाएर संविधान रक्षा गरिएको पनि उनले बताएका थिए । &n...