प्रधानमन्त्री शेरबाहदुर देउवाले आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् । ओमान विरुद्धको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन्। ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो । यस जितसँगै नेपाल