राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारको नाम फिर्ता लिने समय दिउँसो ४ बजेसम्म

काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई आज नाम फिर्ता लिने समय दिइएको छ। निर्वाचन आयोगले शनिबार बिहान १० देखि दिउँसो ४ बजेसम्म नाम फिर्ता लिने समय तोकेको हो।आयोगले मनोनयनपत्र जाँचबुझ गरी शुक्रबार उम्मेदवारको नामावली प्रकाशन गरेको थियो। शनिबार उम्मेदवारी फिर्ताको समयमा उम्मेदवारले सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमार्फत् उम्मेदवारी फिर्ता लिन सक्नेछन्। त्यसपछि आयोगले आइतबार अन्तिम नामावली सार्वजनिक गर्दै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने जनाए