नेपाल प्रहरीको हवल्दार दर्जाका ३१५६ जना सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरुको सरुवा गर्ने निर्णय लिएको हो । प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था मिलाइएको जनाएको छ ।कार्यालयले सोही अनुसार ३१५६ हवल्दारलाई अभिलेखमा जनाइदिन पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय कितावखानालाई अनुरोध गरेको छ ।को–कहाँ पुगे तलको सूची हेर्नुहोस्