नक्कली डीएसपी सक्कली प्रहरीको फन्दामा

काठमाडौंः नक्कली प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुङ्गानालाई नियन्त्रणमा लिएको हो। उनले आफूलाई नेपाल प्रहरीको डाइरेक्टर मेडिकल डीएसपी भएको भन्दै सामाजिक सञ्जालमा फोटो राख्ने गरेको उजुरीपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यस्तै उनले विभिन्न पदवीहरू…