कञ्चनपुर : कैलाली र कञ्चनपुरमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिम प्रदेश सरकारले राना थारु समुदायको मनाउने खखडेहरा पर्वका अवसरमा बिदा दिएको हो।२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदासम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो। खखडेहरा पर्व राना थारु समुदायमा महत्वका साथ मनाइने गरिन्छ। राना थारु समुदायको होलीपछि खखडेहरा महत्वपूर्ण पर्व रहेको छ।