पाँच महिनामै वैदेशिक शिक्षाको लागि झण्डै २९ अर्ब रुपैयाँ खर्च, विदेश घुम्दा साढे १३ अर्ब रुपैयाँ बाहिरियो

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विदेश पढ्न जाने नेपालीले झण्डै २९ अर्ब रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि मंसिरसम्मको तथ्यांक अनुसार नेपालीले विदेशमा पढ्नकै लागि भनेर २८ अर्ब ८१ करोड रुपैयाँ खर्च गरेका छन् । यो अघिल्लो वर्षको पाँच महिनाको तुलनामा दोब्बर भन्दा धेरै हो । अघिल्लो वर्षको पाँच महिनामा वैदेशिक शिक्षाको लागि १३  अर्ब ५३ करोड रुपैयाँ मात्रै बाहिरिएको थियो । यस्तै, पाँच महिनामा विदेश घुम्न जाने नेपालीले  १३ अर्ब २७ करोड रुपैयाँ खर्च ...