निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दुई नम्बर प्रदेशका ८ जिल्लामा भोलिदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने भएको छ। २ नम्बर प्रदेशमा असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ। भोलिदेखि लागु हुने आचारसंहिता नेपाल सरकार र नेपाल सरकारको मन्त्री, स्थानीय निकाय/तह र यहाँका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली…