२२ जना कोरोना संक्रमित थपिदा ४६ जना संक्रमणमुक्त

चैत २८, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार ३ हजार ९७२ पीसीआर परीक्षणमा २२ जना र १ हजार १७२ एन्टिजेन परीक्षणमा शून्य गरी कुल २२ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५६८ पुगेको छ । यसैगरी, सोमवार ४६ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

सम्बन्धित सामग्री

२४ घण्टामा २२ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ५ हजार १४४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ५९३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १५० रहेको छ ।  पछिल्लो समय थप ४६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७४ &

कोरोना अपडेट : देशभरि ५६८ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि २२ जना कोरोना संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार १ सय ४४ जनामा गरिएको परीक्षणमा २२ जना संक्रमित भेटिएका हुन्। आज ४६ जना संक्रमणमुक्त भएका छन्। संक्रमणका कारण हुने मृत्यु आज पनि शून्य रहेको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभरि ५ सय ६८ जना सक्रिय संक्रमित रहेका छन्।