हुम्लामा रैथाने बाली कोदो प्रवर्द्धनका लागि कोदो दिवस मनाइएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसरमा हुम्लाको अर्गानिक कोदो खेतीको संरक्षण र प्रवर्द्धन गर्न दिवस मनाइएको कृषि विकास कार्यालय हुम्लाले जनाएको छ ।
धुलिखेल, १६ साउन । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ स्थित कालिकास्थानमा कोदो रोपेर कोदो दिवस २०८० मनाइएको छ । ‘कोदोका बहारः दिगो, पौष्टिक र स्वादिष्ट आहार’ भन्ने नाराका साथ मण्डनदेउपुरस्थित स्थानीय मिलन महिला कृषक समूह र राष्ट्रिय कृषक समूह महासङ्घ नेपालको संयुक्त आयोजना तथा मण्डनदेउपुर नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन र केयर नेपालको सहकार्यमा सोमबार […]