झापा- झापाको बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा एक महिलाको पाठेघरबाट ६ केजीको ट्युमर शल्यक्रिया गरेर निकालिएको छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. एकराज गौतमले ती महिलाको शल्यक्रिया गरेका हुन् । झापा विर्तामोड भन्दा करिब १० किलोमिटर पूर्वदक्षिण घर भएकी महिलाको पेट अस्वाभाविक तरिकाले बढ्न थाल्यो । तर उनी गर्भवती भने भएकी थिइनन् […]