गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारलाई उपचारका लागि वीरगन्जको बयोधा अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ।
काठमाडौं– चितवनमा मोटरसाइकल दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । नारायणगढ-मुग्लिन सडक खण्डमा बिहीबार साँझ दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । घाइते दुवैको परिचय नखुलेको र उनीहरूलाई उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
बैतडी : आगलागी हुँदा बैतडीमा एक वृद्धा गम्भीर घाइते भएकी छिन् । जिल्लाको पुर्चौडी नगरपालिका- ८ डणपूरमा घरमा आगलागी हुँदा ८४ वर्षीया वृद्धा जयमती साउद गम्भीर घाइते भएकी हुन्। गम्भीर घाइते साउदलाई उपचारका लागि धनगढी पठाइएकाे जिल्ला प्रहरी कार्यालयका वरिष्ठ सई सुरज बहादुर चन्दले जानकारी दिए। खाना पकाइसकेपछि दिउँसो भान्साकोठाको चुलोमाथि सुकाउन राखेको दाउराबाट सल्किएको आगोले घर जलेर पूर्णरुपमा नष्ट भएको छ। घरभि
खोटाङ– धकेलेर लडाउँदा गम्भीर घाइते भएका वृद्धको मृत्यु भएपछि खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाका २९ वर्षीय मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । आपसी विवादका क्रममा धकेलेर लडाउँदा गम्भीर घाइते भएका सोही ठाउँका ६९ वर्षीय हरिप्रसाद राईको मृत्यु भएपछि मनकुमारलाई प्रहरीले पक्राउ गरेको हो । धकेलिएर लडेपछि गम्भीर घाइते भएका वृद्धको न्युरो अस्पताल काठमाडौँमा उपचारका क्रममा […]
ढोरपाटन नगरपालिका–७ गाल्ढुङका कालीप्रसाद विक र पुण्यराम कामीको घरमा आज दिउँसो चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । चट्याङ लागेर गम्भीर घाइते भएका कालीप्रसाद विकका छोरा १९ वर्षीय बालचन्द्रको उपचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका जेने विकका १६ वर्षीय छोरा बिटु विक, डल्ले विककी छोरी १६ वर्षीया लक्ष्मी विक र ७२ वर्षीय पुण्यराम कामी गम्भीर घाइते भएका छन् । घाइते तीनै
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत स्टाफ नर्स निशा सुब्बाको निधन भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी सुब्बाको उपचारका क्रममा शनिबार बिहान निधन भएको हो।
अपरिचित व्यक्तिको कुटपिटबाट भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटार बस्ने ३३ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको छ ।
सोही नगरपालिका–२ बालकोटस्थित हनुमन्ते खोलाको फलामे पुलतर्फ जाने बाटोमुनि कुटपिटबाट गम्भीर घाइते भएको अवस्थामा फेला परेका श्रेष्ठको उपचारका क्रममा मध्यपुर अस्पताल थिमीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न व्यक्तिको पहिचान नभएको र घटनाको विषयमा सूक्ष्म अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परी गम्भीर घाइते भएका चार प्रहरीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरी बसेकाहरूसँगको दोहोरो झडपमा परी सशस्त्र, जनपद प्रहरी र सर्वसाधारणसहित ७४ जना घाइते भएका थिए । झडपमा परी गम्भीर घाइते भएका नेपाल प्रहरीका दुई र सशस्त्रका प्रहरीका दुई गरी चारजनालाई […]
The post मोतीपुर गाेलीकाण्ड : गम्भीर घाइते चार प्रहरीलाई काठमाडौं लगियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.