महोत्तरीमा नदी उत्खनन बढ्यो तर कारबाही भएन

१७ पुस, महोत्तरी । महोत्तरीमा नदीजन्य पदार्थको अवैध उत्खनन बढेको छ । अवैध उत्खनन बढे पनि यसको नियन्त्रणमा भने कसैले चासो देखाएका छैनन् । अवैध रुपमा जेसिभीको प्रयोग गर्दै बालुवा गिट्टी उत्खनन गर्ने सवारीलाई प्रहरीले नियन्त्रणमा लिने गरे पनि बिना कारबाही छाडिदिने गरेको छ । गत शुक्रबार नियन्त्रणमा लिइएका १० जनालाई …

सम्बन्धित सामग्री

क्रशर र बालुवा प्रशोधन उद्योग कारबाहीमा

बारा । बारा जिल्ला प्रशासन कार्यालयले नियमविपरीत सञ्चालनमा रहेका विभिन्न क्रशर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई कारबाही गर्न थालेको छ । ती उद्योगमा अनुगमन गरी नियमविपरीत सञ्चालनमा रहेका उद्योगलाई कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । कार्यालयका अनुसार पहिलो चरणमा जिल्लाका विभिन्न स्थानमा रहेको क्रशर उद्योग तथा बालुवा प्रशासन उद्योगको अनुगमन थालिएको हो । अनुगमनपश्चात् कानूनविपरीत सञ्चालनमा रहेका उद्योगलाई कारबाही अघि बढाइने सहायक प्रजिअ शिवराज सेडाईंले जानकारी दिए । पहिलो चरणमा जिल्लास्थित चारओटा बालुवा प्रशोधन उद्योगको कागजपत्र नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको हो । कागजपत्र नियन्त्रणमा लिइएका उद्योगमा बारास्थित समृद्धि बालुवा प्रशोधन उद्योग, बालगंगा बालुवा प्रशोधन उद्योग, जयलक्ष्मी बालुवा प्रशोधन उद्योग र बाराको कोलबीस्थित विनादर्ता सञ्चालनमा रहेको अर्काे एउटा बालुवा प्रशोधन उद्योग रहेको छ । नदी उत्खनन र दोहन भएको चौतर्फी गुनासो आएपछि अनुगमन गरेको बताइएको छ । अनुगमन टोलीले यस क्षेत्रमा सञ्चालनमा रहेका अन्य चार क्रबर उद्योग र बालुवा प्रशोधन केन्द्रबाट आवश्यक कागजपत्रसमेत नियन्त्रणमा लिएको थियो । बालगंगालगायत खोलामा सञ्चालित बालुवा प्रशोधन केन्द्रमा नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको बेलामा समेत क्रशर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेका थिए । जिल्लाभित्र २४ ओटा क्रशर उद्योग तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेका छन् । रासस