प्रधानमन्त्रीका ८७ वकिलले बुझाए संयुक्त बहस नोट : विघटन कार्यकारिणी अधिकार [पूर्णपाठसहित]

संसदीय प्रणाली अवलम्बन गरिएको मुलुकमा सरकार प्रमुखले आफूलाई अनुकूल लागेको अवस्थामा जहिले पनि संसद् विघटन गर्ने गरी मध्यावधि निर्वाचनमा जान सक्ने जिकिरसहित प्रतिनिधि सभा विघटनको पक्षमा बहस गरेका कानून व्यवसायीहरूले संयुक्त बहस नोट सर्वोच्च अदालतमा पेश गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तर्फबाट बहस गर्न वकालनामा पेश गरेका ८७ वकिलले शुक्रवार सर्वोच्च अदालतमा संयुक्त बहस नोट बुझाएका हुन् । ‘सरकार प्रमुखले आफूलाई अनुकूल लागेको अवस्थामा जहिले पनि संसद् विघ...