सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएका ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिइने भएको छ ।
कोरोना भाइरसविरुद्ध कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र भेरोसेल खोप लगाएका सबै ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिशिल्ड वा अस्ट्राजेनेकाको खोप दिइने भएको हो ।
राष्टिय खोप समितिको सल्लाह अनुसार मन्त्रीस्तरीय निर्णय गर्दै सरकारले भेरोसेल खोपको दुबै मात्रा पूरा गरेका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो ।