काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको प्रचारप्रसारका लागि टाँगिएका ब्यानर, तुल लगायतका सामग्री तत्काल हटाउन निर्देशन दिएको छ । निर्वाचन प्रचारका लागि ब्यानर, तुल, भित्तेलेखन प्रतिबन्ध रहे पनि केही क्षेत्रमा प्रयोग भएको पाइएपछि आयोगले प्रमुख जिल्ला अधिकारीहरुमार्फत् यस्तो निर्देशन दिएको हो । निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले उम्मेदवारले विभिन्न ठाउँमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएकाले […]