कुपण्डोल टिमले जित्यो भेट्रानको उपाधि

कुपण्डोल ४० प्लसले प्रथम कुसुन्ती ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार फाइनलमा कुपण्डोलले फ्रिडम ‘ए’ लाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्‍यो । पेनाल्टीमा कुपण्डोलका नीलेन्द्र देवान, उज्ज्वल श्रेष्ठ र राजु तामाङले गोल गरे ।