आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रयोग हुने प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र हिमाली जिल्ला जुम्लामा नेपाली सेनाको हेलिकोप्टरबाट बिहीबार आइपुगेको छ । सुर्खेतबाट निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र जुम्ला ल्याएको निर्वाचन कार्यालय जुम्ला प्रमुख महेश शर्माले जानकारी दिए ।नेपाली सेना नन्दबक्स गणका गणपति रवीन थापाका अनुसार बुधबार दुईपटक नेपाली सेनाको हेलिकोप्टरले मतपत्र ओसारेको बताए । गत असोज १९ गतेदेखि परेको अविरल वर्षा र बाढीले कर्णाली राजमार्ग भत्किएकाल