काठमाण्डाै – प्रतिनिधि सभामा मुगुबाट निर्वाचित एमाले सांसद मोहन बानियाँविरुद्ध बलात्कारको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । जुम्लाकी एक शिक्षिकाको उजुरीका आधारमा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको हो ।
ती शिक्षिकाले दिएको उजुरीका आधारमा आफूहरूले अदालतबाट पक्राउ पुर्जी माग गरेको र हिजो मङ्गलवार जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी मधुसूदन न्यौपानेले उज्यालोलाई जानकारी दिनुभयो । आरोपी बानियाँलाई पक्राउ गर्न प्रक्रिया सुरु गरेर...