विगतका वर्षहरुमा प्रत्येक वर्ष भण्डै २० हजारको हाराहारीमा च्याङ्ग्रा छिमेकी मुलुक चीन हुँदै मुस्ताङको कोरला नाकाबाट नेपाल प्रवेश गर्ने गर्दथे । पछिल्लो दुई वर्ष कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर चीन सँगको सिमानाका कोरलाबाट भेडाच्याङ्ग्रा नभित्रिएकोले गर्दा यस वर्ष पनि उपभोक्ताले पाउन मुश्कील हुने देखिन्छ ।