काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले नर्विच सिटीलाई हराएको छ ।
आज बिहान भएको खेलमा साउथह्याम्पटनले नर्विच सिटीलाई २–० गोलले हराएको हो ।
साउथह्याम्पटनका चे–एडम्स र ओरिओल रोमेउले एक/एक गोल गरे । जितसँगै साउथह्याम्पटनको २६ खेलमा ३५ अङ्क भएको छ ।
साउथह्याम्पटन लिगको नवौँ स्थानमा छ । समान खेलमा नर्विच १७ अङ्ककासाथ पुछारमा छ । ६३ अङ्ककासाथ म्यानचेस्टर सिटी शीर्षस्थानमा कायमै छ ।