माओवादीबाट गढवा गाउँपालिका अध्यक्षमा शर्मा र यादवको नाम सिफारिस

नेकपा माओवादी केन्द्रबाट दाङको गढवा गाउँपालिका अध्यक्षमा यमनारायण शर्मा ‘विश्वास’ रामप्रसाद यादवको नाम सिफारिस भएको छ । गाउँपालिका कमिटीबाट सर्वसम्मत हुन नसकेपछि शर्मा र यादवको नाम सिफारिस भएको हो ।उपाध्यक्षमा भने कसैको नाम सिफारिस भएको छैन। काँग्रेस र एकीकृत समाजवादीसँग चुनावी तालमेलका विषयमा छलफल भइरहेकाले अध्यक्षमा मात्रै नाम सिफारिस भएको हो । माओवादीले अध्यक्ष लिएर उपाध्यक्ष काँग्रेस र एकीकृत समाजवादीलाई छोड्ने तयारी गरेको छ ।यसअघि गढवामा माओवादीले झिने मत अन्तरले पराजित भएकाले अ