राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केन्द्रीय सदस्य केदारबहादुर अधिकारी (चितवन) लाई केन्द्रीय सचिवालयको मुख्य सचिव पदमा मनोनयन गर्नुभएको छ । अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार अधिकारीलाई सो पदमा सोमबार मनोनयन गर्नु भएको हो । अधिकारी नेपाल सरकारका पूर्वसचिवसमेत हुनुहुन्छ । यसैबीच पार्टीले सङ्गठनलाई थप सुदृढीकरण गर्न नवीन राप्रपाको अवधारणा सार्वजनिक गरी केही …