रुसद्वारा युक्रेनमा आक्रमण, ‘बखमुत' शहर ध्वस्त (तस्वीरहरू)

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनाले पूर्वी युक्रेनको बाख्मुत सहरलाई “नष्ट” गरेको बताएका छन्। युक्रेनी सेनाले शनिबार रसियाली सेनाले युक्रेनको धेरै भागहरूमा क्षेप्यास्त्र, रकेट र हवाई आक्रमण गरेको जानकारी दिएको थियो । रसियाले यसरी ठुलो मात्रामा आक्रमण गरेर धेरै क्षेत्रहरु ध्वस्त पारेको समेत युक्रेनी सेनाले जनाएको छ । यसका धेरै तस्विरहरु पनि बाहिर आएको मिडिया रिपोर्टमा छ ।

सम्बन्धित सामग्री

रूस-युक्रेन युद्ध: यो सैन्य संघर्ष कहिले र कसरी समाप्त हुन्छ?

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक सय दिन पूरा हुन लागेको छ । रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि यी दुवै देश युद्धको मैदानमा उभिएका थिए । सारा विश्व जान्न चाहन्छ कि यो युद्धको चक्र कहिले समाप्त हुन्छ ? यस युद्धबाट युक्रेन पूर्ण रूपमा ध्वस्त भएको छ, धेरै शहरहरू ध्वस्त भएका छन्, हजारौं मानिसहरूको मृत्यु भएको र लाखौं विस्थापित हुनु परेको छ ।

रसिया - युक्रेन युद्धको १०० दिन, तस्बिरमा लडाइँपछिका दर्दनाक दृश्य

रसियाले युक्रेनमा आक्रमण सुरु गरेको आज १०० दिन पूरा भएको छ। यो अवधिमा युक्रेनमा कतिवटा भवनहरू ध्वस्त भए? कति जनाको अंगभंग भयो, कति बालबालिकामाथि निर्ममता देखाइयो, कति देशबाट बाहिरिए? अनि कति सपनाहरु उजाडिए? रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले सुरु गरेको यो युद्धको वास्तविक क्षति तथ्याङ्कमा अटाउन नसक्ला। जाडोको अन्त्यमा सुरु भएको…

रुसले युक्रेनकाे पूर्वी क्षेत्रमा आक्रमण तीव्र बनायाे

रुसले पूर्वी युक्रेनमा आक्रमण तीव्र बनाउँदै लगेको छ । २४ घण्टामा रुसले डोनबास क्षेत्रमा मात्रै एक हजार पटकभन्दा धेरै ठूला आक्रमण गरेको समाचार संस्था एएफपीले जनाएको छ ।  रुसी आक्रमणमा परेर कैयाैँ सर्वसाधारणले ज्यान गुमाएका, सहरका ठूला भवन ध्वस्त भएका र युक्रेनी सेनालाई युद्धको सामना गर्न हम्मे–हम्मे परिरहेको खबरमा उल्लेख छ ।  यस्तै पूर्वी सहर क्रेमिनामा पनि ठूला लडाइँहरू चलिरहेका छन् । रुसी सेनाले लुहान्सक क्षेत्रमा पर्ने क्रेमिनाको केही क्षेत्र कब्जा गरेको युक्रेनी सेनाले स्वीकार गरेको छ । सरकारले नागरिकला...

संकटमा परेको हो त विश्वव्यापीकरण ?

कोरोना भाइरसको महामारी र रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण अहिले विश्वव्यापीकरणले यस अघि कहिले सामना नगरेको अवरोध भोगिरहेको छ । विश्वको आपूर्ति शृङ्खलामा अवरोध देखिएको छ । चिपको अभावका कारण मोबाइलदेखि अटो निर्माता कम्पनीहरूसम्म प्रभावित भएका छन् । युक्रेनमाथि रूसको आक्रमणले आपूर्ति शृङ्खला नराम्ररी बिगारेको छ । इन्धनदेखि अटो पार्ट्ससम्मको आपूर्तिमा समस्या देखिएको छ । युक्रेनमाथि रूसले गरेको आक्रमणले विश्वव्यापीकरणको अन्त्य गरिदिएको विश्लेषण गर्न थालिएको छ । दशकौंसम्म विश्वभर वस्तु व्यापार बढ्दै जाँदा आर्थिक रूपमा सम्पन्न देशहरूले विश्वभरबाट सस्तो मूल्यमा सामानहरू किन्न पाइरहेका थिए । मुद्रास्फीति अति न्यून स्तरमा रहेको थियो । रूसले युक्रेनमाथि आक्रमण गरेको १ महीना बितिसकेको छ । यो १ महीनामा विश्व बजारमा कच्चा तेलको भाउमा तीव्र उतारचढाव आएको छ । कोरोना महामारीका कारण आपूर्ति शृङ्खला बिग्रिएर बढेको महँगीलाई युक्रेनमाथिको आक्रमणले झनै बढाइदिएको छ । अहिले अमेरिकादेखि बेलायतसम्म अनि जापानदेखि भारतसम्मै महँगी बढेको छ । नेपालजस्तो आयातमुखी अर्थतन्त्रमा महँगी नबढ्ने त कुरै भएन । गत हप्ता लगानी व्यवस्थापन कम्पनी ब्ल्याक रकका सीईओ ल्यारी फ्र्याङ्कले शेयरधनीहरूलाई लेखेको एक पत्रमा रूसको आक्रमणले शीत युद्धयता रहेको विश्व व्यवस्थालाई ध्वस्त पारिदिएको अनि विगत ३ दशकयता महसूस गरिएको विश्वव्यापीकरणको अन्त्य गरिदिएको बताएका छन् । बृहत् स्तरमा आपूर्ति शृङ्खलाको पुनर्विन्यासले महँगी चर्काउने चेतावनी फ्र्याङ्कले दिएका छन् । पिटरसन इन्स्टिच्युट फर इन्टरनेशनल इकोनोमिक्सका अध्यक्ष एदम पोसेनले पनि विश्वको अर्थतन्त्र अहिले दुईओटा ब्लक एउटा चीनको आसपास अनि अर्को अमेरिकाका आसपास घुमेको बताएका छन् । रूसले युक्रेनमा आक्रमण गरेपछि यो झनै बढेको उनको भनाइ छ । तीस वर्षअगाडि शीत युद्ध समाप्त भएपछि विश्वव्यापीकरण फष्टाउन थालेको थियो । सोभियत संघ धराशयी भयो । चीनले विस्तारै विश्वसँग व्यापार शुरू गर्‍यो अनि २००१ मा विश्व व्यापार संगठनमै आबद्ध भयो । रूस पनि सन् २०१२ मा संगठनमा आयो । फ्राँस्वा फुकुयामाले भविष्य अमेरिका र यूरोपजस्ता स्वतन्त्र बजार अर्थतन्त्रको पोल्टामा जाने भन्दै इतिहास अन्त्य भएको घोषणा गरेका थिए । तर, चीनको सस्तो श्रम बजारबाट फाइदा लिन बहुराष्ट्रि«य कम्पनीहरूले चीनमा कारखाना खोले, व्यापार विस्तार गर्न थाले । कम्पनीहरूको मुनाफा बढ्न थाल्यो । चीनको सस्तो उत्पादनले विस्तारै विश्वभर ठाउँ पायो । अमेरिकामा चीनबाट खेलौना, लत्ताकपडा र विद्युतीय सामग्री आदि आयातको बाढी नै आयो । अहिले चीन विश्वको आपूर्ति शृङ्खलाको अपरिहार्य पक्ष भएको छ । त्यस्तैगरी, विश्वको इन्धन बजारमा रूस अपरिहार्य बनेको छ । तर, बेलामा बेलामा उत्पन्न भइरहेका प्राकृतिक विपद्, महामारी र भूराजनीतिक तनावले विश्वको आपूर्ति शृङ्खलामा धक्का पुर्‍याइरहेका छन् । सन् २०११ मा जापानमा महाविनाशकारी भूकम्प र सुनामी आउँदा अटो पार्ट्स कारखानामा क्षति पुग्दा कयौं दिन अमेरिकामा कारखानाहरू बन्द भएका थिए । अमेरिका र चीनबीचको व्यापार युद्धमा पनि अमेरिकी कम्पनी र अमेरिकी नागरिकहरू नै मारमा परे । चीनमा कोरोना भाइरसको महामारी शुरू भएपछि कारखाना र बन्दरगाहहरू बन्द भएर विश्वभर आपूर्ति प्रभावित भयो, ढुवानीमा ढिलाइ भयो आपूर्तिको मूल्य बढ्यो । इन्धनमा रूसमाथिको निर्भरता अहिले यूरोपलाई निल्नु न ओकल्नु भएको छ । रूसले आक्रमण गरेपछि अमेरिका, बेलायत र यूरोपेली देशलगायत सबै मुख्य अर्थतन्त्रहरूले रूसमाथि प्रतिबन्ध लगाए पनि चीनले सन्तुलन कायम गरिरहेको छ । आक्रमणको प्रतिकारले रूसको वित्तीय प्रणाली धराशयी होला । तर, यसको अन्य प्रभाव विश्वभर पोखिनेछ । नवप्रवर्तन खस्किनेछ । सस्तो खालको श्रम र कच्चा पदार्थमा पहुँच बन्द हुनेछ । महँगी झनै बढ्नेछ । अहिले नै अमेरिका र बेलायती उपभोक्ताहरूले ४० वर्ष यताकै उच्च महँगी खेपिरहेका छन् । अमेरिकाले अहिलेको भन्दा धेरै तेल उत्पादन गर्ला, बढी कार बनाउला, माइक्रोचिप्स उत्पादन गर्ला, झन् धेरै स्टिल बनाउला । तर, यी सबै काम गर्न अमेरिकासँग जनशक्ति छैन । अमेरिकामा अहिले नै श्रमिक अभाव छ । कारखाना सारे पनि श्रमिक अभावले गर्दा त्यहाँको कारखानामा काम गर्ने अनि सामान बनाउने मान्छे नै नहुने अवस्था आउन सक्ने अनुसन्धान संस्था एफडब्ल्यूडीबन्ड्जका क्रिस्टोफर रूप्के बताउँछन् । कम्पनीहरूले सस्तो, सहज र हरित स्रोतमा भर पर्ने भन्दा पनि सुरक्षित र सुनिश्चित आपूर्ति खोज्न थाल्नेछन् । ३० वर्षयता फस्टाएको विश्वव्यापीकरण टुक्रिन पनि अर्को ३० वर्ष लाग्छ भन्ने प्रक्षेपण आएका छन् । तर, यसको मूल्य हामीले महँगीको स्वरूपमा चुकाउनु पर्नेछ । पहिलो विश्व युद्धले विश्वव्यापीकरण पहिलो युग अन्त्य गरेर अर्को युग शुरू गरिदिएको थियो । तर, सो युगको पुनर्निर्माणका लागि कयौं पुस्ता लाग्यो । रूसले युक्रेनमाथि गरेको आक्रमण पहिलो विश्वयुद्धको भन्दा निकै सानो छ । अमेरिका तथा यूरोपेली देशहरूले रूसमाथि लगाएको प्रतिबन्धको आकार पनि त्यति बेलाको प्रतिबन्ध भन्दा निकै सानो छ । तर, यो घटनाक्रम विश्व आर्थिक एकीकरणबाट विस्तारै संरक्षणवाद र क्षेत्रीयकरणमा गइरहेको समयमा आएको हो । त्यसैले यसको धक्का बढी महसूस भएको हो । अहिले विश्वको उत्पादन एकअर्काको देशमा उत्पादित सामानमा निर्भर नभई नहुने अवस्थामा छ । एउटै चिप वा मोबाइल फोन बनाउने आवश्यक सामान कयौं देशबाट आपूर्ति गर्नुपर्ने अवस्था छ । रूसमाथिको इन्धनको निर्भरताका कारण भारतले पश्चिमी प्रतिबन्ध छल्न रूबलमा रूससँग इन्धनको व्यापार गर्दै छ । जापानले आर्थिक प्रतिबन्धहरू लगाएको भए पनि रूससँगको सहकार्यमा चलाइरहेको ऊर्जा परियोजनाबाट नबाहिरिने भएको छ । पछिल्लो समय प्रविधिको विकास यस्तो प्रकारले भएको छ, व्यापार यसरी विकास भएको छ कि विश्व व्यापार यो भन्दा पनि चौपट नै भयो भने पनि विश्वव्यापीकरण उल्टिँदै जाने सम्भावना छैन । अहिलेको अवस्थाबाट थप विकास नहोला । तर, विस्तारै अवस्था साम्य हुँदै जाँदा विश्वव्यापीकरण पुनः नयाँ स्वरूपमा फस्टाउनेछ ।

युद्धको 'पहिलो चरण' सकिएको घोषणा, के रुस असफल भएको हो ?

एक महिनाअघि युक्रेनमा आक्रमण गरेको रुसले आफ्नो रणनीतिमा परिवर्तन गर्ने सङ्केत दिँदै अब पूर्वी क्षेत्रलाई 'मुक्त' बनाउन केन्द्रित हुने घोषणा गरेको छ। रुसको रक्षा मन्त्रालयले युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको र युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको दाबी गरेको छ।रुसको आक्रमण युक्रेनका केही सहरहरू कब्जा गर्ने र युक्रेनको सरकार ढाल्न लक्षित भएको देखिएको छ। तर युक्रेनको बलियो प्रतिवादका कारण रुस अघि बढ्न सकिरहेको छैन।'हाम्रो कारबाहीको पहिलो चरणको मुख्य काम पूरा भएको छ,' रुसका वरिष्ठ सैन्य अधिकारी सर्गेई रुद्स्कोईले भने।'युक्रेनी सशस्त्र फौजको युद्धक्षमता ठोस रूपमै कमजोर भएको छ जसले अब हामीलाई मुख्य लक्ष्य हासिल गर्न केन्द्रित हुन सहयोग पुग्छ। त्यो भनेको डोन्बासलाई मुक्त गर्नु हो।'उनका अनुसार अब रुसी सैनिकहरूले डोन्बासको पूर्ण मुक्तिका लागि ध्यान केन्द्रित गर्नेछन्।पूर्वी युक्रेनको डोन्बास रुसले समर्थन गरेका पृथक्तावादीहरूको बाहुल्य रहेको क्षेत्र हो। रुसी सेनाले किएभमा पनि बमबारी जारी राख्दै राजधानी सहरलाई घेराबन्दी गरिरहेका छन्।रुसी सैन्य अधिकारी रुद्स्कोईले युक्रेनी सेनालाई अन्यत्र अल्झाएर रुस पूर्वमा केन्द्रित भइरहेको बताए।रुस असफल भएको दाबीपश्चिमा अधिकारीहरूले रुसको यो घोषणा मस्कोको रणनीति असफल भएको सङ्केत भएको दाबी गरेका छन्। रुस र युक्रेनबीच जारी युद्धका बेला युरोप भ्रमणमा निस्किएका अमेरिकी राष्ट्रपति जो बाइडन भ्रमण बिट मार्ने क्रममा युक्रेनको छिमेकी देश पोल्यान्डमा छन्।युक्रेनमा रुसी आक्रमणको उद्देश्य अझै स्पष्ट नभए पनि रुसी राष्ट्रपति पुटिनले युक्रेनको निरस्त्रीकरणमा जोड दिँदै आएका छन्। उनले युक्रेनमा रुसीभाषीको नरसंहार भएको दाबी गर्दै त्यहाँको सरकारलाई नवनाजी भएको आरोप लगाएका छन्।उनको दाबीको कुनै आधार खुलेको छैन भने युक्रेन र पश्चिमा देशहरूले रुसको आरोप युद्धका लागि वाहना मात्रै भएको जिकिर गरेका छन्।बीबीसी संवाददाता पोल एडम्सका अनुसार पूर्वी युक्रेनमा केन्द्रित हुने रुसी घोषणाका आधारमा मस्कोले किएभमा नियन्त्रणमा लिने उद्देश्य छोडिसकेको निष्कर्ष निकाल्नु हतार हुन्छ।तर पश्चिमा अधिकारीहरूले रुसले एकपछि अर्को असफलता बेहोर्नुपरेको छ।पोलका अनुसार पश्चिमा अधिकारीहरूले रुद्स्कोईको घोषणालाई मस्कोको युद्धपूर्वको महत्त्वाङ्क्षी रणनीति असफल भएको बुझेका छन्।धेरै मोर्चामा एकैपटक सैन्य अभियान सञ्चालन गर्न नसकिने रुसले बुझ्न थालेको एक अधिकारीले बताए।रुसी सेनालाई 'शक्तिशाली धक्का'युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले आक्रमणकारी रुसी सेनालाई 'शक्तिशाली धक्का' दिएको दाबी गरेका छन्।'हाम्रा वीर सशस्त्र सैनिकहरूले शत्रुलाई शक्तिशाली धक्का दिएका छन्। उनीहरूतर्फ उल्लेख्य क्षति भएको छ,' रात्रिकालीन सम्बोधनका क्रममा जेलेन्स्कीले भने।उनले युक्रेनमा आक्रमण सुरु भएयता १६,००० रुसी सेनाले ज्यान गुमाएको दाबी गरे पनि रुसले आफ्ना १,३५१ सैनिकको मृत्यु भएको बताएको छ।'म हाम्रा रक्षकहरूप्रति आभारी छु जसले आक्रमणकारीलाई आँधी नआए पनि समुद्र शान्त हुँदैन भन्ने देखाएका छन्,' जेलेन्स्कीले भने।'रुसी कदमसँग प्रतिरोध गरेर हाम्रा रक्षकहरूले रुसी नेतृत्वलाई वार्ता जरुरी छ भन्ने सन्देश दिएका छन्।'उनले मारिऊपोलमा दशौँ हजार मानिसहरू खाना, पानी र न्यानोको अभावमा फसेको भन्दै उनीहरूको अवस्था भने खराब हुँदै गएको उल्लेख गरेका छन्।'त्यो सहरको अवस्था दुःखद छ साँच्चिकै दुःखद। रुसी सेनाले त्यहाँ कुनै पनि मानवीय सहायता लैजान दिएको छैन,' जेलेन्स्कीले भने।मारिऊपोलमा रुसी आक्रमणमा परेको एउटा नाटकघरमा झन्डै ३०० जनाको मृत्यु भएको एक सरकारी अधिकारीले बताएका छन्। रुसले आक्रमण गर्दा उक्त भवनमा सयौँ मानिसहरूले आश्रय लिइरहेका थिए।तर रुसले त्यहाँ आफूले आक्रमण नगरेको दाबी गरेको छ।युद्ध जारी भएकै बेला राजधानी किएभमा कफीघरहरू फेरि खुल्न थालेका छन्। युवाहरू कफीघरमा भेला भएर गफगाफ गर्न थालेका छन्।'उनीहरूले रुसका रक्षामन्त्री कतै हराइरहेको भनेका छन्,' पछिल्लो केही साता रुसी रक्षामन्त्री सार्वजनिक बैठकहरूमा नदेखिएकोतर्फ सङ्केत गर्दै जेलेन्स्की भने।रुसी रक्षामन्त्री सर्गेई शोइगूलाई हृदयाघात भएको दाबीयुक्रेनको आन्तरिक मन्त्रालयका एक सल्लाहकारले रुसी रक्षामन्त्री सर्गेई शोइगूलाई हृदयाघात भएको दाबी गरेका छन्।रुसले युक्रेनमा आक्रमण गरेयता ११ मार्चमा सार्वजनिक बैठकमा देखिएका रक्षामन्त्री शोइगू लामो समयपछि बिहीवार राष्ट्रपति पुटिनले मन्त्रीहरूसँग आयोजना गरेको बैठकको भिडिओमा केही सेकेन्ड देखा परेका थिए।आन्तोन जेरास्चेन्कोले आफ्नो फेसबुकमा 'युक्रेन आक्रमणमा असफल भएको पुटिनको आरोपपछि उत्पन्न तनावका कारण रक्षामन्त्री शोइगूलाई हृदयाघात भएको' र अहिले उनी अस्पतालमा भर्ना भएको दाबी बी गरेका छन्।यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका अधिकारीहरूले देशबाहिर गरिरहेको कामबारे 'मिथ्या समाचार' फैलाउने व्यक्तिलाई १५ वर्षसम्म जेल सजाय गर्न सक्ने कानुन बनाएका छन्।उनले युक्रेनमा आक्रमण सुरु भएलगत्तै पनि रुसी सेनाबारे झुटा समाचार प्रकाशन रोक्न यस्तै कानुन जारी गरेका थिए।स्वास्थ्यसेवामा ७० वटा आक्रमण: विश्व स्वास्थ्य सङ्गठनविश्व स्वास्थ्य सङ्गठनले युक्रेनमा अस्पताल, एम्बुलेन्स र चिकित्सकहरूमाथि दिनहुँजसो आक्रमण भइरहेको र हालसम्म ७० वटा भिन्दाभिन्दै आक्रमण भएको जनाएको छ।उसले स्वास्थ्यसंस्थालाई निसाना बनाउने रुसी रणनीति देखिएको उल्लेख गरेको छ।गत मार्च ८ मा दक्षिण खार्किभमा एउटा भर्खरै पुनर्निर्माण भएको अस्पतालमा आक्रमण भएको थियो। युक्रेनी अधिकारीहरूले अस्पतालमा रुसी सेनाले बमबारी गरेको दाबी गरेका छन्।त्यहाँका नगरप्रमुखले सामाजिक सञ्जालमा राखेका तस्बिर र दृश्यमा अस्पतालको मुख्य भवनमा व्यापक क्षति भएको र गत वर्ष मात्रै बनेको नयाँ सोधपुछकक्ष पूर्ण रूपमा क्षतिग्रस्त भएको देखिन्छ।सामाजिक सञ्जालमा उपलब्ध भिडिओको आधिकारिताका बीबीसी र अन्य सञ्चारमाध्यमले पुष्टि गरेका छन्। तर कुन अवस्थामा आक्रमण भएको थियो भन्ने खुलेको छैन।'पहिलो आक्रमणले अस्पतालका झ्यालहरू, दोस्रो आक्रमणमा अस्पतालको शल्यक्रियाकक्षहरू ध्वस्त भए,' उपनगरप्रमुख भोलोदिमिर मात्सोकिनले बीबीसीसँग भने।आक्रमणको दिन अस्पतालका कर्मचारीहरूले गर्भवती महिला, बालबालिकासहित युद्धमा घाइते भएका नागरिक र सैनिकहरूको उपचार गरिरहेको युक्रेनी अधिकारीहरूले जनाएका छन्।तर भूमिगत तलामा बसिरहेका कारण आक्रमणमा कसैको पनि मृत्यु नभएको बताइएको छ। रुसले आफूले नियोजित रूपमा सर्वसाधारणलाई लक्ष्य गरेर आक्रमण नगरेको दाबी गर्दै आएको छ।

रुसद्वारा युक्रेनी विमानस्थलमा क्रुज क्षेप्यास्त्र हमला

काठमाडौं– युक्रेनमा आक्रमण गर्दै आएको रुसी फौजले मुलुकको पश्चिममा रहेको लभिभ शहरस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार पोल्यान्डको सीमानजिक रहेको लभिभ शहरबाट ६ किलोमिटरको दूरीमा रहेको डानिलो हल्यात्स्की विमानस्थललाई लक्षित गरी भएको आक्रमणमा विमान मर्मत गर्ने भवन ध्वस्त भएको स्थानीय अधिकारीले जनाएका छन् । कृष्ण सागरस्थित रुसी सैनिक क्षेत्रबाट […]