बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव सुरु भएको छ । स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण भन्ने नारासहित उद्योग व्यापार संघ बुटवलले महोत्सव आयोजना गरेको हो । देवीनगरमा आयोजित महोत्सवको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे । उनले मेला तथा महोत्सवले स्वदेशी उत्पादन बढाउने, बजारीकरण गर्ने र संस्कृतिको संरक्षण गर्ने बताए ।