नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, १०.२५ प्रतिशत ब्याज

नेपाल एसबिआई बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज साउन ४ गते अन्तिम दिन रहेको छ । बैंकले असार २२ गतेदेखि ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।३० लाख कित्ता मध्ये १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि र बाँकि १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट बिक्रि गरिने बैंकले जनाएको छ। यस ऋणपत्रमा सामुहिक लगनी कोषहरुले आवेदन दिएका छैनन् ।  ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १२ लाखकित्तासम्मको लागि आवेदन दिन सकिने छ  । ५ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।  

सम्बन्धित सामग्री

नेपाल एसबिआई बैंकले जारी गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं। नेपाल एसबिआई बैंकले जारी गरेको ऋणपत्रको बिक्री आज बन्द हुँदैछ। बैंकले असार २२ गतेबाट जारी गरेको 'नेपाल एसबिआई बैंक ऋणपत्र २०८३' नामक