काठमाण्डाै – नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान् ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गर्नुभएको छ ।प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि छलफलमा भाग लिँदै उहाँले यसअघि श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको टिप्पणी गर्नुभएको हो । उहाँले ३२ वर्ष अघि अन्त्य भएको निर्दलीयतालाई जस्केलाबाट छिराइएको पनि बताउनुभयो ।एमाले विधिको शासनमा विश्वास गर्ने भन्दै ज्ञवालीले सर्वोच्चले प्र...