काठमाडौं । चिकित्सकद्वय परिधि शर्मा र अर्पणा पाठकले लेखेको लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको कथा समेटिएको कलरिङ बुक (चित्रकथा) ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा आयोजित समारोहमा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका कला, संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल लगायतले पुस्तकको संयुक्त रुपमा विमोचन गरे । कार्यक्रममा […]