रुसी फौजविरुद्धको प्रत्याक्रमणका क्रममा युक्रेनी सेनाले रुसले नियन्त्रणमा लिएका थप क्षेत्र आफ्नो कब्जामा लिएको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । जेलेन्स्कीका अनुसार सेप्टेम्बरयता युक्रेनी सेनाले पूर्व र दक्षिणमा रुसले नियन्त्रणमा लिएको ६ हजार वर्गकिलोमिटरभन्दा बढी क्षेत्र फिर्ता लिएको हो । तर जेलेन्स्कीको दाबी पुष्टि हुन नसकेको बीबीसीले उल्लेख गरेको छ ।