जान्नुहोस् हरियो मकैका ८ फाइदा, बलियो हड्डी आँखालाई राम्रो

काठमाडौं- मकै स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ । यसमा धेरैथरी मिनरल पाइन्छन् र तिनले शरीरलाई पौष्टिक आहार दिन्छन् । बजारमा पाइने फूलमकै वा पपकर्न खान स्वादिलो पनि हुन्छ । तर घरैमा मकै उमालेर खाजाका रूपमा वा तरकारीसँग खान सकिन्छ । तौल घटाउन पनि मकै उपयोगी हुन्छ । आउनुस् जानौं यसका फाइदा : कोलेस्ट्रोल मकैमा भिटामिन सी, केरोटेनाइड र फाइबर हुन्छ र यसले शरीरमा कोलेस्ट्रोल कम गरेर रक्तकोशिकालाई सफा बनाउँछ । अनि मुटुले राम्ररी काम गर्न पाउँछ । क्यान्सर मकैमा भएको एन्टीअक्सीडेन्ट र फ्लेवेनाइड गुणका कारण क्यान्सर ज...