काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालले आफूहरुलाई अढाई महिनादेखि पारिश्रमिक नदिएको इन्टर्न चिकित्सकले गुनासो गरेका छन् । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानअन्तर्गतको उक्त अस्पतालले इन्टर्न चिकित्सकलाई पारिश्रमिक दिनमा ढिलाइ गरेको यो पहिलोपटक नभएको उनीहरु बताउँछन् । ‘अस्पतालले धेरै पटक समयमा परिश्रमिक दिएको छैन । अस्पताल प्रशासनलाई कारण सोध्दा कारण पनि बताउँदैनन्,’ एक इन्टर्न चिकित्सक भन्छन्, […]