इजरायली सेनाले लेबनानको हिजबुल्लाह आन्दोलनको गढ खाली गर्न नागरिकहरूलाई चेतावनी दिएपछि आइतबार दुई इजरायली हवाई आक्रमणले दक्षिण बेरुतलाई लक्षित गरेको छ ।
गाजा– गाजामा युद्धविरामको प्रयासका बीच इजरायली आक्रमण जारी छ। गाजाका स्वास्थ्य अधिकारीहरूले आरोप लगाएका छन् किगाजा शहरमा मद्दतको आशामा रहेका प्यालेस्टिनीहरूमाथि इजरायली आक्रमणमा परी १०४ जनाको मृत्यु भएको छ । सो घटनामा परी २८० जना घाइते भएका छन्। इजरायल–हमास युद्ध सुरु भएदेखि हालसम्म ३० हजार ३५ प्यालेस्टिनी मारिएका छन् भने ७० हजार ४५७ जना घाइते […]
रामल्लाह– प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आइतबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई प्यालेस्टिनी जनताविरुद्ध जारी इजरायली आक्रमणलाई रोक्न अन्तर्राष्ट्रिय प्रयास अघि बढाउन आग्रह गरेका छन् । प्यालेस्टिनी समाचार संस्था वाफाका अनुसार अब्बासले मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेन्नेसल्यान्डसँग रामल्लास्थित राष्ट्रपतिको मुख्यालयमा भएको बैठकमा उक्त कुरा राखेका हुन् । अब्बासले गुटेर्रेसलाई व्यक्तिगत […]
गाजा पट्टी, प्यालेस्टिनी क्षेत्र, १ माघ । हमासद्वारा नियन्त्रित गाजा क्षेत्रमा रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणमा ६० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको सोमबार जनाएको छ । गाजा पट्टीमा इजरायली आक्रमण र तोपको बमबारीका कारण दर्जनौं व्यक्ति घाइते भएको हमासको सञ्चार कार्यालयले जनाएको छ । दक्षिणी शहर खान युनिस र राफाका साथै गाजा शहर […]
आज पुस ५, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर २१, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार नाघ्यो गत अक्टोबरमा ७ मा इजरायली आक्रमण सुरु भएदेखि डिसेम्बर २० सम्म गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार नाघेको हमास निकट सञ्चार कार्यालयले […]
एजेन्सी – दक्षिणी लेबनानको टायर हार्फा गाउँमा इजरायली आक्रमणमा मङ्गलबार बिहान दुईजना पत्रकार र एकजना नागरिकको मृत्यु भएको छ । स्थानीय टिभी च्यानल अल(मायादीनका पत्रकारहरू दक्षिणी लेबनानमा समाचार सङ्कलनका क्रममा रहेका बेला दुईवटा इजरायली ड्रोनले उनीहरूलाई ठक्कर दिएको र घटनास्थलमै मारिएको एलनाश्रा समाचार वेबसाइटले उल्लेख गरेको छ। नेशनल न्युज एजेन्सीले इजरायली आक्रमणमा अर्का एकजना नागरिक […]
इजरायली आक्रमण र इन्धन सकिएको कारण अल-अहली अस्पताल बाहेक सबै अस्पतालहरू सेवा प्रदान गर्न असमर्थ भएका छन्," स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-केद्राले उल्लेख गरेका छन्।
३० असोज, काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गाजा क्षेत्रमा भइरहेको इजरायली आक्रमण रोक्न माग गर्दै प्रदर्शन गरेको छ । काठमाडौंस्थित इजरायली दूतावास अगाडि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले मंगलबार दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरुले इजरायल र अमेरिकाले प्यालेस्टाइनी जनतामाथि आतंक फैलाएको आरोप लगाएका छन् । प्रदर्शनकारीले प्यालेस्टाइनलाई युद्धबाट जोगाउन र […]
तीन दिने इजरायली बमाबारीपछि इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह प्यालेस्टाइनी इस्लामिक जिहाद(पीआईजे)ले युद्धविराम घोषणा गरेका छन् । पछिल्लो आक्रमणमा ४४ प्यालेस्टाइनी मारिए जसमध्ये १५ बालबालिका थिए । त्यस्तै ३५० घाइते भएका छन् ।पछिल्लो तीन दिने इजरायली बमबारी र सन् २००८ यता इजरायलले गाजा पट्टीमा चार पटक आक्रमण गरिसकेको छ । पहिलो आक्रमण- सन् २००८ डिसेम्बरमा २२ दिनसम्म चलेको थियो । जसमा १४०० प्यालेस्टाइनी मारिए भने १३ इजरायली मारिएका थिए ।दोस्रो आक्रमण- सन् २०१२ अक्टोबर मा ८ दिन चल