काठमाडौं । नेपाली कांग्रेस भित्रको तेस्रो धार मानिएको नेता कृष्णप्रसाद सिटौला समूहले कांग्रेस प्रतिनिधि सभा पुर्नस्थापनाकै पक्षमा रहेको सन्देश दिएको छ । कांग्रेस काठमाडौं ६ ले शहिद दिवसका अवसर पारेर काठमाडौंको शान्तिवाटिकामा आयोजना गरेको संसद विघटन बिरुद्धको विरोध कार्यक्रममा सिटौला समूहका नेताहरुले कांग्रेस संसद पुर्नस्थापनाकै पक्षमा रहेको सन्देश दिएका हुन ।