वरपीपलले सजाउन सकिन्छ घर र बगैंचा

काठमाडौं । नेपाली मनमा वरपीपल सम्झिनेबित्तिकै श्रद्धा जाग्ने गर्छ । सनातन हिन्दु तथा बौद्ध दुवै धर्ममा वरपीपलको विशेष महत्व भएकाले परापूर्व कालदेखि नै यी वनस्पतिलाई विशेष श्रद्धा गर्ने प्रचलन रहेको पाइन्छ । अग्नि पुराणमा वरपीपल सुखद दाम्पत्य र सन्तान वृद्धिको प्रतीक हुन भनिएको छ भने भगवान बुद्धले पीपलकै रुखमुनि ध्यान गरेर बुद्धत्व प्राप्त गरेको इतिहास छ । पीपललाई भगवान विष्णुको रूपमा पनि पुजिन्छ । वर र पिपल । यी दुई वनस्पतिको आध्यात्मिक महत्व अधिक भएकाले नै गाउँघर, वस्ती, उकाली–ओराली, देउरालीमा पुर्खाहरूले रोपेका वरपीपलका जोडी रुख र तिनको छहारीमा आराम गर्ने चौतारी देशैभरि पाइन्छन । उमेर पुगेका वरपीपलको जोडीको विवाह गराइदिने चलन पनि छ । गाउँबस्तीमा यत्रतत्र पाइने भए  पनि हाँगा र जरा दुवै बृहत रूपमा फैलिने र तिनले घर, पर्खाललाई हानिसमेत गर्ने हुँदा वरपीपलको बोट घर, कम्पाउन्डभित्र भने लगाउन असम्भव हुन्छ । यद्यपि हाल नेपालमा पनि बगैंचा र वनस्पतिका सौखिनबीच लोकप्रिय हुँदै गएको बोनसाई प्रविधिका कारण यस्ता बृहत रूपमा फैलिने रुखलाई पनि चिटिक्क परेको बोनसाई गरेर बोनसाई गमलामा हुर्काउन र घर सजाउन सम्भव बनाएको छ । अनि, घरमा हरियालीसहित धार्मिक महत्वको बिरुवा रहेको आत्मसन्तुष्टि पनि प्राप्त गर्न सकिन्छ । आफूलाई मन पर्ने ठूल्ठूला रुख–बिरुवालाई पनि आफैंले चाहेजस्तो आकार/प्रकारमा सानै ठाउँमा मनमोहक तरिकाले हुर्काउने कला नै बोनसाई हो । यो कला १२ औं शताब्दीदेखि जापानबाट प्रचलित भएको इतिहास पाइन्छ । जापानबाटै प्रख्यात भएको हुँदा बोनसाईलाई जापानी वनस्पति स्याहार कलाको रूपमा पनि चिनिन्छ । तर, त्यसअघि नै चीनमा बौद्ध भिक्षुहरूले बोनसाई गर्दथे भन्ने अर्को ऐतिहासिक तथ्य भेटिन्छ । बौद्ध भिक्षुहरूले आध्यात्मिक महत्वका रुख–बिरुवालाई आफू अध्ययन गर्ने बौद्धविहार परिसरमै रोपेर श्रद्धा प्रकट गर्ने प्रयासको परिणामस्वरूप बोनसाई कलाको विकास भएको मानिन्छ । उक्त बेहोराको इतिहासलाई मान्ने हो भने बौद्ध भिक्षुहरूले श्रद्धा गर्ने प्रमुख वृक्ष पीपल (बोधिवृक्ष) भएको हुँदा पीपल नै बानसाई गरिएको सर्वप्राचीन वृक्ष हुन सक्ने अनुमान लगाउन सकिन्छ । जे भए पनि समयक्रमसँगै हामीमाझ प्रचलनमा आएको बोनसाई कलाको मध्यमबाट धार्मिक तथा वैज्ञानिक दृष्टिबाट महत्वपूर्ण वनस्पति पीपल र वरलाई घर, आँगन, कोठा, बार्दली वा कार्यालयमै हुर्काउन र सजाउन सकिन्छ । वर वा पीपलको स्वस्थ डाँठ भएको सानो हाँगो काटेर सिसा वा प्लास्टिकको भाँडोमा भरिएको स्वस्थ पानीमा राखेर वरपीपल बोनसाईको पहिलो आयाम सुरु गर्न सकिन्छ । यसरी राखिएको डाँठमा करिब साता दिनदेखि जरा उम्रिन सुरु हुन्छ भने करिब दुई महिनापछि अर्को माटोयुक्त सानो भाँडोमा सार्न सकिन्छ । यसलाई वरपीपल बोनसाईको अर्को अध्याय मान्न सकिन्छ । बोनसाई गरिने बिरुवालाई सारिने भाँडोमा बोनसाई सोयल भनिने मलयुक्त माटोले भरेको हुनुपर्दछ । जतनसाथ माटोले भरिएको भाँडोमा सारिएपछि समय–समय पानी हालेर स्याहार गर्नुपर्दछ । मलयुक्त माटो र नियमित स्याहारपछि बोनसाई गरेको वरपीपलको बिरुवाले आफ्नो प्राकृतिक स्वभावअनुसार जरा लिन थाल्छ । बोनसाई गरिने वरपीपलको जरालाई गहिराइभन्दा पनि चारैतिर फैलाउनु उपयुक्त मानिने हुनाले जरा गहिराइमा जानबाट रोक्न भाँडोको सतह सम्म परेको प्रयोग गर्न वा भाँडोको तल्लो भागमा सम्म वस्तु इँटा वा ढुंगाको चेप्टो टुक्रा राख्न सकिन्छ । बोनसाई गरिएको बिरुवाको जरा मानिसको कपालजस्तै चारैतिर समान तरिकाले बढेको हुनुपर्छ भनिन्छ । जरालाई सीधा तल जान यसरी रोकेर उपयुक्त तरिकाको जरा विकास गर्न सकिन्छ । यसरी जरा र पात स्वस्थ तरिकाले बढाउन दोस्र्रो भाँडोमा राखिएको बिरुवालाई करिब एक वर्षपछि अर्को स्थायी बोनसाई गमला (बोनसाई भाँडो) मा सार्न सकिन्छ । बोनसाई गरिने गमलालाई नै बोनसाई भाँडो (बोनसाइ पट) भनिन्छ । बोनसाई गमला सामान्य गमलाभन्दा मुख्यत आकारमा सानो र चिटिक्क परेको हुने गर्दछ । बोन्साईको तेस्रो भाँडोमा सारिएपछिको अवस्थालाई वरपीपल बोनसाईको तेस्रो चरण मान्न सकिन्छ । यस समय सुरु चरणमा रहेका पातलाई काँटछाँट गर्नुपर्दछ । त्यसपछि पलाउने नयाँ पात तुलनात्मक रूपमा साना, झुप्प परेका र आकर्षक हुन्छन । पानी, मलयुक्त बोनसाई माटो, उज्यालोको पर्याप्तता आदिको समायोजन गरी आध्यात्मिक महत्वको वरपीपललाई सानो चिटिक्क परेको आकारमा सदावहार धेरै वर्षसम्म सजाउन सकिन्छ । नेपालमा बोनसाई गर्ने प्रचलन अझै व्यापक बनिनसके पनि यो लोकप्रिय हुँदै गएको छ । ठूल्ठूला रुखलाई पनि आफूले चाहेजस्तो सानो चिटिक्क पारेर हुर्काउन सकिने कलाका लागि यो वर र पीपलको बोनसाई गरिने तरिकाको सामान्य जानकारी मात्र हो । यद्यपि हाम्रा वरिपरि पाइने धेरै थरी रुख–बिरुवाको बोनसाई गरी घर, बगैंचा तथा कार्यस्थल सजाउन सकिन्छ । केही नर्सरी तथा सामाजिक सञ्जालको माध्यमबाट बोनसाईसम्बन्धी आवश्यक औजार, भाँडो, मल, माटो तथा बिरुवाको खरिद बिक्रीसमेत गर्न थालेको पाइएको छ । तसर्थ, सामाजिक सञ्जाल वा त्यस्ता नर्सरीमा सम्पर्क गरी कलात्मक तरिकाले सजाउने बोनसाई कलाको आनन्द लिन सकिन्छ ।

सम्बन्धित सामग्री

‘भाइरल घर’ बन्यो सिकर्मी घर

यो घर बसोबासको हिसाबले पनि तुलनात्मक रूपमा वातावरणमैत्री मानिन्छ। चिसोमा धेरै चिसो नहुनु र गर्मीमा पनि गर्मी नहुनु नै यस्ता घरको विशेषता हो। यही कारण बुढाबुढीका लागि ढलानका आरसिसी घरभन्दा यस्ता घर बढी उपयुक्त मानिन्छन्।...

‘के घर के डेरा’ टिजर : काठमाडौंमा घर हुने र नहुनेको कथा

काठमाडौं । दयाहाङ राई र विपिन कार्की स्टारर ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । दुई मिनेट लामो टिजरले काठमाडौंमा घर हुने र नहुने परिस्थितिको कथा भन्छ । दीपेन्द्र के खनाल निर्देशित यो सोसल ड्रामा फिल्मले घर नहुँदा काठमाडौंमा हेपिने र घर किन्ने चाहना बोकेका पात्रलाई व्यंग्य गर्छ । मध्यमवर्गीय मानिसका लागि घर […]

हरेक घर : ऊर्जा घर कार्यान्वयनमा आएन

सरकारले हरेक घर : ऊर्जा घर को अवधारणा ल्याएको चार वर्ष बितिसक्दा पनि यो अवधारणा कार्यान्वयनमा आउन सकेको छैन । २०७५ सालको वैशाखमै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले श्वेतपत्र जारी गरी हरेक घर : ऊर्जा घरको अवधारणा ल्याएको हो।उक्त अवधारणामा ऊर्जा दक्षता कार्यक्रम र घरको छानामा राखिने रूफटप सौर्य ऊर्जालाई 'नेट मिटरिङ तथा नेट पेमेन्टको आधारमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कार्यक्रमलाई अभियानको रूपमा अघि बढाइने उल्लेख छ। तर, अहिलेसम्म पनि यो कार्यक्रम कार्यान्वयन तहमा गएको छैन। पाइलट प्र

सुकुम्बासीको घर नबनुन्जेल आफ्नो घर बनाउँदिनँः सागर थापा

मोरङ – एमाले मेयर उम्मेदवार सागर थापाले विराटनगर महानगरमा रहेका सुकुम्बासीको घर नबुन्जेल आफ्नो घर नबनाउने घोषणा गरेका छन्। निर्वाचनका क्रममा सोमबार विराटनगरमा घरदैलो कार्यक्रममा उम्मेदवार थापाले आफू भाडाको घरमा बसिरहेको हुँदा सुकुम्बासीको घर नबनुन्जेल आफ्नो घर नबनाउने बताएका हुन्। महानगरभित्र २० हजार संख्यामा सुकुम्बासी रहेको बताएका थापाले जग्गा नभएकालाई जग्गा व्यवस्थापन गर्दै घर नबनाउन्जेल […]

‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु

नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ ।आइतबारदेखि नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो । एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु भएको जानकारी गराउँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि पुनः अर्को चरणको […]

‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु

काठमाडौं । नेपाली कांग्रेसले एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ । आइतबार नेपाली कांग्रेसले एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो । एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु भएको जानकारी गराउँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि […]

घर-घर जाऔँ, कांग्रेस जिताऔँ: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ। आइतबार नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो।...

घर

यस्तो घर पनि के घर ? यस्तो जिन्दगी पनि के जिन्दगी ? ऊ यस्तै केके सोचिरहन्थ्यो।

बाढीले चार घर बगायो, सात घर जोखिममा

गोरखा। चुमनुव्री गाउँपालिका—२ स्थित सल्लेरीमा बुढीगण्डकी नदीले ४ घर बगाएको छ। आइतबार रातिदेखि परेको अबिरल वर्षापछि नदीमा आएको बाढीले सल्लेरी गाउँमा पसेर घर बगाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले स्थानीयबासी सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपती गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको छ। विस्थापित चारै परिवारलाई स्थानीय आमा समूहको भवनमा राखिएको छ।

पहिरोले बिर्घामा एक घर पुरियो, जोखिममा दुई घर

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित गौतमटोलमा पहिरोले एक घर पुरिएको छ। दुई घर जोखिममा रहेका छन्।स्थानीय दीपक नेपालीको पसल रहेको घर पुरिएको हो। चार दिनदेखि परेको अविरल वर्षासँगै माथिबाट झरेको पहिरोले घर पुरिएको बिर्घा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रिखाईप्रसाद चौधरीले बताए। पहिरो झर्ने खतरा भएपछि पसलबाट सबै सामग्री यसअघि नै निकालिएको थियो। सानो टिनको छाप्रो पुरिएको उनले बताए। मानवीय क्षति भने भएको छैन्। समयमै सचेतना अपनाएका कारण अन्य क्षतिसमेत बढी हुन पाएन।पह