प्रभु साहले जन्माए आम जनता पार्टी, बद्री न्यौपाने पनि जोडिए

काठमाडौं, १४ पुष । स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणा गरेका छन् । साहले आज आफ्नो नेतृत्वमा ‘आम जनता पार्टी’ नामक नयाँ दल घोषणा गरेका हुन् । उक्त पार्टीमा १५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । सो दलमा एमालेबाट राजीनामा दिएका पूर्वमन्त्री बद्री न्यौपानेपनि छन् ।

सम्बन्धित सामग्री

आजपा र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने

काठमाडौं– आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने भएको छ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको माओवादी समाजवादीबीच एकता हुन लागेको हो । एकताका लागि आम जनता पार्टीबाट बद्री न्यौपाने र उमेश कुशवाह तथा माओवादी समाजवादीबाट तिलक थापामगर र रगनाथ ढकाल रहेको समिति गठन […]