नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रमा भएको भाडावृद्धि तत्काल फिर्ता नभए सडक आन्दोलनमा जाने चेतावनी दिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानुनविपरीत ८ सय प्रतिशतसम्म भाडा बढाएको भन्दै महासंघले भाडावृद्धि फिर्ता नभए आन्दोलनमा जाने बताएको हो । औद्योगिक क्षेत्रभित्रका उद्योगहरुलाई प्रतिरोपनी १२ हजार रुपैयाँ भाडादर तय भएकोमा ०७५ देखि भाडा बढाइएको छ । […]